काठमाडौं । नेपालका समर्पण लामाले भारतको टेलिभिजन रियालिटी शो ‘इन्डियाज बेस्ट डान्सर’ सिजन ३ को उपाधि जितेका छन् । शनिबार रातीको ग्राण्ड फिनालेमा ट्रफी चुम्दै उनले १५ लाख भारु र उनका नृत्य निर्देशक भावना खन्डुजाले ५ लाख भारु नगदसहितका पुरस्कार जिते।

रत्ननगर नगरपालिका-१३ भीमबहादुर चोक निवासी लामा सोनी च्यानलबाट प्रसारित नृत्य प्रतिस्पर्धाको उपाधि जितेका हुन् । अन्तिम पाँच प्रतिस्पर्धामा समर्पणसहित सिवांशु सोनी, विपुल काँडपाल, अंकित चौहान, अञ्जली मामगाई पुगेका थिए।

 

जितपछि बोल्दै समर्पणले आफूलाई सपनाजस्तो लागिरहेको बताए । ‘मलाई सपनाजस्तो लाग्दैछ । मैले सँधै रियालिटी शो हेर्थेँ र कुनै दिन यस्तै शोको हिस्सा बनूँ भन्ने चाहना राख्थें । तर मैले शो जितेको कल्पना पनि गरेको थिइनँ, यो साँच्चै सपना हो । मेरो लागि सत्य हो । जब म अनिकेत चौहान पछि उत्कृष्ट १३ मा छनोट भएँ, त्यो पल मेरो लागि विजयी क्षण थियो । शोमा म यतिसम्म आइपुग्छु भनेर सोचेको पनि थिइनँ ।’

प्रकाशित मिति: १४ आश्विन २०८०, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com