काठमाडौँ ।  काठमाडौँको टोखा नगरपालिका-३ बाट लङ्गुर बुर्जा खेलिरहेका ६ जना पक्राउ परेका छन् ।

थापागाउँ पुलमा लङ्गुर बुर्जा (जुवा) खेलिरहेको अवस्थामा काठमाडौँ फुटुङ बस्ने सुनसरी धरान उपमहानगरपालिका-१७ घर भएका ३० वर्षीय रोशन राई  समेत ६ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ।

विशेष सूचनाको आधारमा प्रहरी प्रभाग गोङ्गबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३३ हजार २ सय २० रुपैयाँ, ६ वटा गोटी र १ थान खेल्ने पालसहित पक्राउ गरेको हो ।

प्रकाशित मिति: १५ आश्विन २०८०, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com