काठमाडौं । इन्डियन आइडल सिजन १४ को अडिसनमा नेपाली गायिका मेनुका पौडेलले गोल्डेन माइक जितेकी छन् । पौडेलले ‘तुम्हारे बिना हमरा कोनो नही’बोलको क्लासिकल भजन गाएकी थिइन् ।

मेनुकाले गीत गाउँदै गर्दा जजमध्येकी एक गायिका श्रेया घोसाल भक्कानिएकी थिइन् । उनको प्रस्तुति सकिएपछि केहीबेरसम्म जजहरूमा शन्नाटा छाएको थियो । त्यसपछि सबै जजेजहरू श्रेया, विशाल डिडलानी र कुमार सानुले उठेर स्टान्डिङ अवेसन दिए ।

स्टान्डिङ अवेसनपछि भावुक हुँदै विशालले भने, ‘हामी संगीतकार जुन कुरालाई पुज्छौं नि, त्यो आज आँखा अगाडि देखिरहेका छौं । म जुन चिजलाई पुज्छु त्यो तिमी आफैं हौ । श्रेया रोइरहेकी छिन् । म रोइरहेको छु । यसको मतलब हामीले संगीतलाई आज मनैदेखि सरी भन्नुपर्छ ’

त्यस्तै श्रेयाले आफूहरूभित्रको संगीतप्रतिको स्पष्टता र निर्दोशिता जगाइदिएको बताइन् । मेनुकालाई धन्यवाद दिँदै आशिसले थपे,‘तिमीले मेरो लागि धेरै काम गरिदियौ । आजको दिनदेखि म जुन संगीत बनाउँछु, त्यो फरक हुनेवाला छ । जसको कारण तिमी हौ ।’

यसपछि मेनुकाले विशालको कम्पोजिसनमा गाउने चाहना पनि व्यक्त गरिन् । यदि आफ्नो भाग्यमा त्यस्तो सहकार्य लेखेको छ भने अवश्य हुने आशिसले बताए ।

अन्तिममा श्रेयाले थपिन्, ‘तिमी के हौ, तिमी आफैंलाई थाहा छैन मेनुका । यही कारण मलाई मजा आयो । मलाई लाग्दैन कि यस इन्डियन आइडलमा कसैले पनि यति राम्रोसँग गाएको छ ।’
साथै आफूले मेनुकाको आवाजमा ईश्वर देखेको पनि श्रेयाको भनाइ थियो । यसपछि तीनै जजहरू स्टेजमा गएर मेनुकालाई गोल्डेन माइक दिन्छन् ।

झापा हल्दिबारीमा जन्मिएकी मेनुका २०७४ सालमा नेपाल आइडलमा समेत प्रतिस्पर्धा गरेकी थिइन् भने २०७५ सालमा भारतको रियालिटी शो सारेगमपमा समेत प्रतिस्पर्धा गरेकी थिइन् ।

प्रकाशित मिति: २१ आश्विन २०८०, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com