काठमाडौं । सोलुखुम्बुमा दुर्घटना भएको मनाङ एयरको हेलिकोप्टरका पाइलट प्रकाश सेढाईंलाई उपचारका लागि भारतको मुम्बई लगिएको छ।

शनिबार हेलिकोप्टर दुर्घटनापछि उद्धार गरी पाइलट सेढाईंको ह्याम्स अस्पतालमा उपचार गरिएको थियो। परिवारका सदस्य र मनाङ एयरको सल्लाहमा उनलाई ‘मेडिकल स्कर्टिङ’ गरी मुम्बई लगिएको हो।

ह्याम्स अस्पताल स्रोतका अनुसार सेढाईंलाई थप उपचारका लागि मुम्बईको नेशनल बर्न सेन्टरमा रेफर गरिएको छ। उनलाई श्री एयरलाइन्सको चार्टर्ड उडानमार्फत् त्यसतर्फ लगिएको हो।

ह्याम्स अस्पतालको प्रि हस्पिटल विशेषज्ञ टोलीका डा निशान्त ढकाल, डा रामकृष्ण बुढाथोकी,  डा आरोग्य तथा पारामेडिक्स सरोज चौधरी, सुनिल केएम र बलिजंग शाहीले सेढाईंलाई नेशनल बर्न सेन्टर पुर्‍याएका थिए। ह्याम्सको टोलीले आइतबार बिहान १ बजे मुम्बईको नेशनल बर्न सेन्टरमा बिरामी हस्तान्तरण गरिसकेको छ। ह्याम्सको टोली आइतबार बिहान ४:२० बजे नै स्वदेश फर्किसकेको छ।

शनिबार बिहान सोलुखुम्बुको लुक्लाबाट लोबुचे उडेको  मनाङ एअरको ‘एन–एनजे’कलसाइन हेलिकप्टर जिल्लाको खुम्बुपासाङल्हामु गाउँपालिका–४ लोबुचेमा दुर्घटना भएको थियो।

लेक लागेका आरोहीलाई लिन गएको हेलिकोप्टरमा दुर्घटना हुँदा पाइलट सेढाईं मात्रै थिए। सेढाईंको मुख, हातखुट्टा लगायत शरीरको ४५ देखि ५० प्रतिशत भागमा जलन भएको ह्याम्स अस्पतालले जनाएको छ। उनको फोक्सो, मेरुदण्डको हड्डी तथा किड्नीमा पनि समस्या रहेको अस्पतालले जानकारी दिएको छ।

प्रकाशित मिति: २८ आश्विन २०८०, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com