काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वास्थ्य परीक्षणका लागि थापाथलीस्थित नर्भिक अस्पताल गएका छन् ।

मंगलबार साँझ प्रधानमन्त्री प्रचण्ड नर्भिक अस्पतालमा पुगेर स्वास्थ्य चेकजाँच गराएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

‘नियमित स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्रीज्यु नर्भिक जानुभएको हो । परीक्षण सकेर निवास फर्कनुहुन्छ’, सल्लाहकार आचार्यले भने, ‘निजी चिकित्सक डा. युवराज शर्माको सल्लाहअनुसार  चेकजाँचका लागि अस्पताल जानुभएको हो ।’ प्रधानमन्त्रीको छातीमा केही समस्याजस्तो देखिएपछि चेकजाँच गर्न डा. शर्माले सुझाव दिएको बताइएको छ ।

प्रकाशित मिति: ३० आश्विन २०८०, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com