काठमाडौं । काठमाडौंको एक चर्चमा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविर नेपाल मेडिकल काउन्सिलले बन्द गरएको छ ।

बसुन्धरास्थित अनन्त आशा मण्डली (चर्च)मा बुधबारदेखि सुरु भएको तीनदिने निःशुल्क स्वास्थ्य शिविर बिहीबार बन्द गराइएको हो ।

चर्चले अनुमतिबिना विदेशी चिकित्सक ल्याइ परीक्षण गराइरहेको पाइएपछि बन्द गर्ने निर्देशन दिइएको हो ।

काउन्सिलका व्यवसायिक आचरण समिति संयोजक डा कालुसिंह खत्रीले अनुगमनमा पुग्दा शिविरमा खटिएका विदेशी चिकित्सकले अनुमति नलिएको पाइएको बताए ।

प्रकाशित मिति: ३ कार्तिक २०८०, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com