काठमाडौं । माेरङकाे ​धनपालथान गाउँपालिका- २ पैठाबाट कटुवा पेस्तोल १ थान र गोली ३ राउण्डसहित सर्लाही हरिपुर्वा नगरपालिका- ७ बस्ने २७ वर्षीय रवीन्द्रकुमार यादवलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ।

​प्रहरी चौकी अमाहीबरियातीबाट खटिएको प्रहरीले उक्त स्थानमा पार्किङ गरी राखेको बिआर ०६ पिए १३६२ नम्बरको स्कारपियो गाडीलाई जाँच गर्ने क्रममा गाडीको ड्यासबोर्डभित्र लुकाई राखेको उक्त पेस्तोल र गोली फेला पारी गाडीका चालक यादवलाई पक्राउ गरेको हो।

​यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: ४ कार्तिक २०८०, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com