काठमाडौं । इजरायली सेनाले हवाई हमलासँगै यतिबेला गाजा स्ट्रिपमा घुसेरै जमिनबाट युद्ध लड्न थालेको छ ।

आइतबार इजरायली सेनाहरु हमासद्वारा शासित गाजामा आक्रमण गर्न जाँदा हमासले गरेको कारबाहीमा एक इजरायली सैनिक मारिएका छन् भने दुई/तीन घाइते भएका छन् ।

इजरायलकै सेनाले आफ्नो सेनामा भएको हताहतीबारे जानकारी दिएको हो । घाइते हुनेमा एक इजरायली सेनाको अवस्था गम्भीर छ ।

इजरायली सेनाले अपहरणमा परेका मानिसहरू बचाउन जमिनको कारबाही सुरुवात गरेको बताएको छ । इजरायली सेनामाथि हमासले एन्टी ट्यांक मिसाइल आक्रमण गरेको अल जजिराले जनाएको छ ।

अक्टोबर ७ मा हमासले इजरायलमा हजारौं रकेटहरु आक्रमण गरेपछि त्यसको जवाफमा इजरायलले गाजा पट्टीमा दुई हप्ताभन्दा बढी समयदेखि बमबारी गरिरहेको छ ।

इजरायल र हमासबीच १७ दिनयता जारी युद्धमा इजरायलतर्फ १४ सय जनाले ज्यान गुमाएका छन् भने इजरायलको हवाई कारवाहीमा गाजा स्ट्रिपमा ४ हजार ३८५ जनाले ज्यान गुमाएका छन् ।

गाजामा मृत्यु हुनेमा १७ सय ५६ बालबालिका र एक हजार महिला पनि छन् ।

प्रकाशित मिति: ६ कार्तिक २०८०, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com