राजनीतिक विश्लेषक तथा लेखक अर्जुन ज्ञवालीको आलेख


सिंगापुरका निर्माता लिक्वान युको संस्मरण पुस्तकमा भूमिका लेख्दै हेनरी ए किसिङ्गरले लेखेका छन्, खासगरी पश्चिमा शक्ति राष्ट्र नवोदित राष्ट्र हुन् या अन्य पुराना राष्ट्रहरूको इतिहासलाई बेवास्था गर्ने र तिनीहरूलाई आफ्नै सभ्यताको लोभमा ढाल्ने साँचोमा फसेका छन् । समकालिन देशको तुलनामा रातारात प्रगति गरेको भ्रम पश्चिमाहरूले फैलाइरहेका छन् । अधिकांश राष्ट्रहरूलाई जटिल संक्रमणमा फसाइदिएका छन्।

नेपालको पत्रकारिता नागरिक समाज नामक झुण्डहरू हेनरी ए किसिङ्गले भनेजस्तै पश्चिमा मुखौटा हुन् भने ठूला सञ्चार गृहहरू तस्करका अखडा र साना अनलाइन टेलिभिजनहरू अधिकांश सेना र प्रहरीका जासुस । यो आलेख नेपालमा पत्रकारिताको व्यानरमा कसरी पश्चिमाहरूले नेपाललाई अफगानिस्तान बनाउन परिचालन गरिरहेका छन् त्यही विषयमै केन्द्रीत हुनेछ ।

सिंहनाथ योगीको एभीन्युज टेलिभिजनका लागि राजेन्द्र बानियाले लिएको रकेर्ड अन्तर्वार्ता प्रशारण नभएपछि मिसन पत्रकारिताको पर्दा जनताको बीचमा उदांगिएको छ र एकप्रकारको बहस सिर्जना भएको छ । सिंहदाथ योगी गोरखनाथ र योगी नरहरिनाथ धाराका सुयोग्य अनुयायी हुनुहुन्छ । उहाँ कुनै राजा र धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्रको पश्चिमा एजेन्डाको पक्षधर होइन । नाथ दर्शन, साहित्य, आध्यात्मिकतालाई स्वीकार्न जनता, सर्वसाधारण, दल, व्यक्ति, राजा सबै स्वतन्त्र छन् ।

राजेन्द्र बानिया प्रकरण पहिलो घटना होइन । कान्तिपुरमा संसारभरि बदनाम ठग रसेन्द्र भट्टराईको विषयमा एउटा चोर ठगलाई महान भनेर समाचार छापेपछि पत्रकार युवराज घिमिरेले कान्तिपुर र द काठमाडौं पोष्टको सम्पादकबाट राजीनामा दिएका थिए । २०६४ मा कान्तिपुरमा माओवादीलाई रअले कसरी परिचालन ग¥यो भन्ने मेरो लेख थियो । कान्तिपुरमै कार्यरत एक मित्रले भन्नुभयो, सम्पादक नभएको अवस्थामा तपाईंको लेख छापियो अब छापिने छैन । समाजको आवाज बन्ने अनलाइन टिभीले मेरो एक घण्टाको अन्तर्वार्ता लियो प्रशारण गरेन ।

एभरेष्ट नेपाल नामक अनलाइन टिभीमा लिएको अन्तवार्ता प्रशारण नभएपछि अन्तर्वार्ताकार ज्योतिकिरणले छाडिदिए ।

यस्ता घटनाहरू धेरै छन् । ठूला सञ्चार गृहहरू माफिया, तस्कर र विदेशी दलालको नियन्त्रणमा छन् भने अपवाद बाहेक साना युट्युव र अनलाइनहरू नेपाली सेना र नेपाल प्रहरीका गुप्तचरहरूको नियन्त्रणमा । एकजना मेरा बालापनका साथी, हामीले एसएलसी सँगै दिएका थियौं । उनी नेपाल प्रहरीको उच्च पोष्टमा छन् । उनले मलाई भने, मित्र नेपालका अनलाइन, युट्युबहरू हाम्रो र सेनाको नियन्त्रणमा छन् । जहाँ पायो त्यहाँ नबोल्नु । जुनपायो त्यही अनलाइनमा नलेख्नु । उनले मलाई विद्यालय लेबलको एउटै क्लासको साथी भएर भने । यही हो नेपालको पत्रकारिता ।

पत्रकार र सञ्चार संस्था सानो र ठूलो हुँदैन । त्यसले दिने सूचना र विचार कस्तो छ ? त्यो महत्वपूर्ण कुरा हो । मैले २०६४ सालमा दृष्टि साप्ताहिकमा सेना समायोजन बारे लेख लेखेँ त्यसले बैंककमा हुन लागेको सेना समायोजन सम्बन्धी सेमिनार रोकियो । त्यसको खण्डमा तत्कालिन ब्रिटिस राजदूत डा. एन्ड्रो हलले गरे । दृष्टिले खण्डन छाप्यो ।

माओवादीलाई चर्चले चलाएको कुरा मैले कैयौं पटक अन्नपूर्ण पोष्टमा लेखेँ । २०६८ मंसिर ४ गते दलाई लामा, प्रचण्ड र बाबुराम भन्ने मेरो लेख प्रकाशित भयो । त्यसले चिनियाँ ब्यानरको एपेक नामक सिआई मिसनको पर्दाफास भयो । गुणराजजीले विनम्रतापूर्वक भन्नुभयो, माथिको दबाव आयो अब तपाईंको लेख प्रकाशन गर्न गाह्रो छ । मेरो आफ्नै लेखनसँग घटेका प्रतिनिधि घटना मात्रै हुन्, यस्ता घटना धेरै छन् । त्यसको पुस्तक नै तयार हुन सक्छ ।

कहाँ छ नेपालको पत्रकारिता ?
दरबार हत्याकाण्डसँग जोडिएका कार्टर सेन्टरका संयोजक दुमन थापा अध्यक्ष बनेर नेपालमा दैनिक पत्रिका स्थापना भयो, जो चलिरहेकै छ । उनी अहिले त्यो पत्रिकाको अध्यक्ष छैनन् ।

त्यसमा नेपालको धर्म संस्कृति विरुद्ध देशी विदेशी जासुसहरूलाई निरन्तर लेखाइन्छ । नेपालको एकीकरण, राष्ट्रिय विभूतिविरुद्ध घृणा फैलाइन्छ । पत्रकारिता आवरण मात्र हो । उद्देश्य नेपाललाई अफगानिस्तान बनाउने हो ।

एकजना पत्रकारले विमर्श साप्ताहिकलाई भनेर प्रचण्डकोमा पुगेछन्, उनीसँग भएको अनौपचारिक कुराकानीहरू रेकर्ड गरेर भारतीय दूतावास पु¥याए । त्यसको बदला उनी केही समय जेल पनि बस्नु प¥यो । जसले अहिले ठूलो टेलिभिजन चलाइरहेका छन् ।

यस्ता सञ्चार सञ्थाहरूमा काम गर्ने पत्रकार होइनन् केबल दास र नोकरको रुपमा मात्र बुझ्नु पर्दछ । यही अवस्था नेपालको विद्युतीय सञ्चार र टेलिभिजनमा छ । जसमा राष्ट्र विरोधी जासुहरूका अन्तर्वार्ताहरू दोहो¥याई तेहे¥याई प्रशारण हुन्छ । अन्तर्वार्ता कारले अन्तवार्ताहरू राष्ट्रविरुद्ध जनतामा भ्रम छर्न ल्याउने गर्दछन् । अपवादका रुपमा निष्पक्ष जस्तो देखाउन कहिलेकाहीं एक दुई जना पात्रहरू वास्तविक र राम्रा पनि पर्न सक्छन् । आन्तरिक गुप्तचर सेना र प्रहरीलाई सूचना बुझाउनेहरूले हप्तामा एउटै व्यक्तिको ३ देखि ६ पटकसम्म अन्तर्वार्ता लिने गरेका छन् । यो कस्तो पत्रकारिता हो ? यो भन्दा निर्लज्ज के हुन सक्छ ?

नेपालको पत्रकारिता सिआईए र रअको जालोमा छ । चीनले सीमा मिचेको भ्रमपूर्ण समाचार कान्तिपुर लगायतले छापेर माफी मागे । बलराम बानियाँको ज्यानै गयो अरु कतिको जाने हो थाहा छैन । हुम्लाको सिमामा विवाद नरहेको भन्दै चीनको आधिकारीक समाचार संस्था ग्लोबल टाइम्सले नेपालको नेपाली काँग्रेस पार्टी र केही पत्रकार बुद्धिजीवीहरू भारत र पश्चिमाहरूको मिसनमा चीन विरुद्ध घृणा फैलाइरहेको भनेर कडा रुपमा प्रस्तुत भए । रअ र सिआइएको मिसनमा यस प्रकारका झूठा समाचारहरू प्रकाशन भइरहेका छन् । यही हो नेपालको सञ्चार मिडिया ।

एनजीओ पत्रकार र प्रकाशक

एनजीओ पत्रकार र प्रकाशकको जासुसी जालो अर्को खतरनाक पाटो छ । एकहजार प्रकाशन गर्ने, एक लाख बिक्री भएको प्रपोगण्डा गरिन्छ । तर एक लाख बिक्री भएको कर राज्यलाई तिरेको देखिँदैन । स्वतन्त्र तिब्बत अभियानसँग जोडिएका हिमाल, फाइन प्रिन्ट, नेपालय, सांग्रिला, एकता बुक्सलगायत धेरै प्रकाशन संस्थाहरूमा जासुसी मिसनमा इन्डो पश्चिमी गुप्तचरका पुस्तक प्रकाशित गरिन्छ । पश्चिमी मिसनमा यस्तै पुस्तकहरूलाई मदन पुरस्कार, जगदम्बा पुरस्कार आदि नाममा पुरस्कृत गरिन्छ ।

  • ठूला पत्रिकामा धेरै विज्ञापन र समिक्षा गरिएका पुस्तक जासुसी मिसनका हुन् । त्यस्ता पुस्तकहरू बहिष्कार गर्नुस् । सक्कली सामानको विज्ञापन गर्नु पर्दैन ।
  • ठूला सञ्चार गृहका स्तम्भकार, साहित्यकारहरू पनि हेनरी ए किसिङ्गरले भने जस्तै मिसनरी हुन् भन्ने बुझ्नुहोस्।
  •  तपाईंको गाउँ टोलमा मानवअधिकार, महिला अधिकार, बालअधिकार, दलित अधिकार आदि अधिकारवादी छन् भने विदेशी जासुस हो भन्ने बुझ्नुहोस्, समाजबाट बहिष्कार गर्नुस् । यस प्रकारका एनजीओ आईएनजीअ‍ोमा जोडिएका अधिकारवादीका छोराछोरी विवाह नगर्नुस् । तपाईंको घर भाँडिन सक्छ । समाजबाट बाहिष्कार गर्नुस् ।
  • अपवाद बाहेक तपाईंसँग कुनै पत्रकार भेट्न आएको छ भने तपाईंको गोपनीयता देशी विदेशी जासुसी निकायमा पुग्दै त छैन ? विचार गर्नुस् । पत्रकार आयो भनेर सबै कुरा नखोल्नुस् । त्यो तपाईंको वैचारिक र भौतिक समाप्तिको लागि पनि आएको हुनसक्छ ।

असनका साँढे जस्ता ठान्ने नेपालका पत्रकार र सञ्चार गृहहरू सिन्धुपाल्चोकतिरबाट इमान्दार चेलीहरूलाई झुक्याएर, फकाएर, प्रलोभन दिएर बम्बैका बेश्यालयमा पु¥याए जस्तै त्यस्तै वेश्यागृह बनेका छन् । ठूला सञ्चार गृहमा लेखक, स्तम्भकार, टेलिभिजनका अन्तवार्ताकारहरू पनि त्यस्तै बन्न पुगेका छन् । यही हो नेपाली पत्रकारिता र समाचार सम्प्रेषण। यसर्थ पाठकहरू सचेत रहेर विचार निर्माण गर्नु पर्दछ ।

प्रकाशित मिति: १३ कार्तिक २०८०, सोमबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com