काठमाडौं । अमेरिकी क्लब इन्टर मायमीका अर्जेन्टिनी फरवार्ड लिओनल मेसीले कीर्तिमानी आठौं पटक बालोन डे’ओर अवार्ड जितेका छन्। मेसीले म्यानचेष्टर सिटीका एर्लिङ हालान्डलाई पछि पार्दै आठौँ पटक अवार्ड जिते।

सन् २०२२ मा अर्जेन्टिनालाई फिफा विश्वकपको उपाधि जिताएका मेसीलाई फ्रान्सको पेरिसमा आयोजित समारोहका बीच उक्त अवार्ड प्रदान गरिएको हो।

‘विश्वकप जित्ने सपना पूरा गर्दै फेरि एक पटक यहाँ उपस्थित भएर अवार्ड थाप्न पाउनु मेरो जीवनको उत्कृष्ट क्षण हो,’ मेसीले अवार्ड जितेपछि भने।

फ्रान्स फुटबले प्रदान गर्ने यस अवार्ड मेसीले २००९ मा पहिलो पटक जितेका थिए। त्यसपछि उनले २०१०, २०११ र २०१२ मा गरी लगातार चार पटक अवार्ड जिते। उनले २०१५, २०१९ र २०२१ मा पनि उक्त अवार्ड जितेका थिए।

अवार्ड लिँदै गर्दा मेसीले आफ्नो करिअर यस्तो हुन्छ भनेर कहिल्यै नसोचेको बताउँदै हरेक बालोन डे ओर अवार्ड विशेष रहेको उल्लेख गरे।

महिलातर्फ स्पेन तथा बार्सिलोनाकी मिडफिल्डर अइतामा बोनमाटीले वर्ष खेलाडीको अवार्ड जितिन्। २५ वर्षीय बोनमाटीकै कप्तानीमा स्पेनले फिफा महिला विश्वकपको उपाधि जितेको थियो। उनले पहिलो पटक यो अवार्ड जितेकी हुन्।

प्रकाशित मिति: १४ कार्तिक २०८०, मंगलबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2023 GlobalNagarik All rights reserved. | Website by Appharu.com