काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया छनोटको उपाधिका लागि आज नेपाल र ओमान भिड्दैछन् ।

समूह चरणमा ओमानसँग हारेको नेपाल सेमिफाइनलमा युएईलाई हराउँदै टी-२० विश्वकपमा छनोट भएको थियो । ओमान पनि छनोट भइसकेको छ ।

आज नेपाललाई ओमानसँग हारको बदला लिँदै उपाधि रक्षा गर्ने मौका पनि हुनेछ ।

ओमानले समेत सेमिफाइनलमा बहराईनलाई हराएको थियो ।
खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहान ११ बजेबाट सुरु हुनेछ ।

प्रकाशित मिति: १९ कार्तिक २०८०, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com