काठमाडौँ । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र वामदेव गौतम नेतृत्वको पार्टी एकता राष्ट्रिय अभियानबीच एकता प्रक्रिया सुरु भएको छ ।
विहीबार नेपाल र गौतमबीच भएको छलफलपछि एकता कार्य अगाडि बढेको एकता अभियानका एक नेताले बताए । दुवै पार्टीका तर्फबाट दुई(दुई सदस्यीय कार्यदल बन्ने र उक्त कार्यदलले एकताको सम्पूर्ण खाका तयार पार्ने ती नेताले बताए ।
तर, शुक्रबार दुवैले कार्यदलमा रहने व्यक्ति तोकेनन् । बुधबारभित्र कार्यदल बनिसक्ने र अर्को साताभर एकता कार्य टुंगोमा पुग्ने छ ।
एकीकृत समाजवादीले अगाडि सारेको २१ औं शताब्दीको समाजवादी कार्यक्रमभित्रै जनताको बहुदलीय जनवादलाई समेट्नुपर्ने गौतमको अडान छ ।
प्रकाशित मिति: ५ पुस २०८१, शुक्रबार
प्रतिक्रिया