काठमाडौँ । जाजरकोट केन्द्रबिन्दु भएर फेरी भूकम्प गएको छ । जाजरकोटको बारेकोट -१ केन्द्रबिन्दु बनाएर आइतबार बिहान दुई पटक भूकम्प गएको हो ।

जाजरकोट केन्द्रबिन्दु बनाएर आइतबार भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले पुष्टि गरेको छ । केन्द्रका अनुसार आइतबार बिहान १:२२ बजे ४ म्याग्नेच्युट र ४:५३ बजे ३.८ म्याग्नेच्युटको भूकम्प गएको हो ।

शुक्रबार राती जाजरकोटको बारेकोट -१ केन्द्रबिन्दु बनाएर ६.४ म्यान्नेच्युटको भूकम्प गएयता जाजरकोटको सोही स्थानलाई केन्द्रबिन्दु बनाएर पराकम्पनहरु गइरहेका छन् । हालसम्म भूकम्पमा परी ज्यान गुमाउनेको संख्या १ सय ५७ पुगेको छ।

 

प्रकाशित मिति: १९ कार्तिक २०८०, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com