काठमाडौं । नेपाल प्रहरीका पूर्वएआईजी रणबहादुर चन्दले सामाजिक अभियन्ता भनिने तारा बरालसँग बिबाह गर्ने सहमति नभएको जिकिर गरेका छन्।

पुर्व एआईजी चन्दले सामाजिक संजालमा विभिन्न पोस्ट गर्दै तारा बराल सँग बिबाह गर्ने सहमति नभएको र बिबाह गर्ने योजना समेत नरहेको उल्लेख गरेका छन्। उनले भनेकाछन्, ‘बिबाह त मैले होइन नि, मेरो छोराहरूले गर्ने बेला छ…।’

चन्दले बरालसँग बिबाह गर्ने सहमति गरेको उक्त कागज आफुले नगरेको र त्यस्तो कुनैपनी सहमती नभएको सामाजिक संजालमा उल्लेख गरेका छन्।

तर, पुर्व एआईजी चन्दले १०८ जना पण्डित बोलाएर विवाह गर्ने समेत भन्नुभएको र अहिले आफ्नो सम्पर्कमा नरहेको तारा बराल बताउँछिन्।

केही समयअघि बाट चन्द र बरालबीच सम्बन्ध रहेको चर्चा समेत चलेको बेला चन्द र बराल बिच बिबाह गर्ने सहमति पत्र बाहिरीएको थियो ।

प्रकाशित मिति: १९ कार्तिक २०८०, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com