काठमाडौं । सोमबार अपरान्ह पनि नेपालको मध्य र पश्चिमी क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ। जाजरकोटको रामिडॉडा केन्द्रबिन्दु भएर अपरान्ह ४ बजेर ३१ मिनेटमा ५.८ म्याग्निच्यूडको परकम्प गएको हो।

उक्त कम्पन गत शुक्रबार जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पकै परकम्प भएको बताइएको छ।

यो परकम्पले जाजरकोट, सुर्खेत, रूकुम पूर्व, सल्यान, दाङ, कालिकोट, कैलाली र रुकुम पश्चिमसहितका जिल्लामा धक्का महसुस भएको छ।

केही सर्वसाधारणले यो भूकम्पको धक्का काठमाडौंसहितका स्थानमा पनि हल्का महसुस भएको बताएका छन्।

यसअघि शुक्रबार रामीडाँडा नै केन्द्रविन्दु भएर ६.४ म्याग्निुच्युडको भूकम्प गएको थियो ।

प्रकाशित मिति: २० कार्तिक २०८०, सोमबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2023 GlobalNagarik All rights reserved. | Website by Appharu.com