चितवन । भरतपुर मेयरमा बागी उम्मेदवार दिएका जगन्नाथ पौडेलले चुनाव चिन्ह भुइँकटहर पाएका छन्। यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले आज चुनाव चिन्ह वितरण गरेको हो। 

मेयरका उम्मेदवार पौडेललाई फकाउन गृहमन्त्रीसमेत रहेका कांग्रेसका नेता बालकृष्ण खाण र राज्यमन्त्री उमेश श्रेष्ठलाई प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवाले भरतपुर पठाएका थिए। तर उनीहरूले पौडेललाई फकाउन सकेनन्। 

बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन भने पनि उनले नमानेपछि उनलाई पार्टीबाट निष्कासन गरिएको थियो। 

त्यसैले अबको निर्वाचनमा पौडेलले भुइँकटहर चुनाव चिन्हबाट चुनाव लड्नेछन्। 

प्रकाशित मिति: १७ बैशाख २०७९, शनिबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2023 GlobalNagarik All rights reserved. | Website by Appharu.com