काठमाडौँ । लोकसेवा आयोगले लिएको फार्मेसी सहायक पदको परीक्षामा सबै परीक्षार्थी फेल भएका छन् ।

आयोगको जलेश्वर कार्यालय र पोखरा कार्यालयले लिएको फार्मेसी सहायक पदको लिखित परीक्षामा सहभागी सबै परीक्षार्थी फेल भएका हुन् ।

परीक्षामा सहभागी कोही परीक्षार्थीले पनि लिखित परीक्षा पास गर्न नसकेको आयोगले जनाएको छ । आयोगका अनुसार जलेश्वर कार्यालयमा खुलातर्फ एक जना सहायक फार्मेसी पदको विज्ञापन खुलेकोमा १३ जना परीक्षार्थीहरु लिखित परीक्षामा सहभागी भएका थिए । तर , परीक्षामा सहभागी सबै फेल भएका हुन् ।

त्यस्तै , पोखरा कार्यालयमा महिला कोटामा एक जनाको माग भएकोमा लिखित परीक्षा दिन सहभागी तीन जना परीक्षार्थी फेल भएको आयोगले जनाएको छ ।

प्रकाशित मिति: २२ कार्तिक २०८०, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com