अछाम : अछाम जिल्लाको पुल्लेतोलामा चट्याङबाट एक जनाको मृत्यु भएको छ।मृत्यु हुनेमा कम्मानी कामीका १२ वर्षीय छोरा सुरत कामी रहेका छन् ।
पञ्चदेवल निवायक नगरपालिका वडा नम्बर ७ को पुल्लेतोलास्थित काटियाँमा गए राति चट्याङ परेको हो । हावा–हुरी र वर्षासँगै परेको चट्याङबाट ६० वर्षीय रने कामी, उनकी श्रीमति ५५ वर्षीया मना कामी, भाइबुहारी जयसरा कामी, ७० वर्षीषा बृकिसे रावल घाइते भएका छन्। ।उनीहरुको अवस्था निकै गम्भीर रहेको बताईएको छ ।
स्थानीय मकर रावलले दिएको जानकारीअनुसार चट्याङबाट कम्माने कामीका दुई बाख्रा मरेका छन् भने नजिकै रहेको देवकी निमावीको सोलार सिस्टममा पनि क्षति पुगेको छ।
प्रत्येक वर्ष दुई तीनपटक चट्याङ परेर जनधन को क्षति हुँदै आउँदा र स्थानीय अगुवाहरुले बस्ती उठाउन सरकारसँग बार बार माग गर्दा पनि सरकारलको ध्यान केन्द्रित नभएको स्थानीय मकर रावलले बताए ।
एतिबेला पनि मौसम बदली भइरहेकोले स्थानीय डराइरहेका छन्। घटनास्थलमा दुई जना प्रहरीको टोली पुगेको छ भने विपद व्यवस्थापनको टोली कमलबजारबाट हिंडेको छ।
प्रकाशित मिति: १७ बैशाख २०७९, शनिबार
प्रतिक्रिया