काठमाडौं । भारत र अस्ट्रेलियाबीच जारी विश्वकप क्रिकेटको फाइनलमा भारतले पहिला ब्याटिङ गरिरहेको छ । भारतले कप्तान रोहित शर्माका रुपमा दोस्रो विकेट गुमाएको छ ।

शर्मा ३१ बलमा ४७ रन बनाएर ग्लेन म्याक्स्वेलको बलमा क्याच आउट भएका छन् । चौका र छक्का प्रहार गरेका उनले तेस्रो बलमा पनि ठूलो सट खेल्न खोजेका थिए ।

भारतले ७६ को स्कोरमा २ विकेट गुमाएको पहिलो विकेटका रुपमा शुभमन गिल ३० को स्कोरमा चार रन बनाएर आउट भएका थिए । मैदानमा विराट कोहली र श्रेयस अय्यर छन् ।

प्रकाशित मिति: ३ मंसिर २०८०, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com