काठमाडौं । आईसीसी एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगिता जित्न अष्ट्रेलियाले २ सय ४१  रनको लक्ष्य पाएको छ ।

टस हारेर पहिले ब्याटिङमा उत्रिएको भारतले ५० ओभरमा १० विकेटको क्षतिमा अष्ट्रेलियालाई २ सय ४१  रनको लक्ष्य दिएको हो ।
अष्ट्रेलियाको कसिलो बलिङसामु भारतका लागि केएल राहुलले १०७ बलमा सर्वाधिक ६६ रन बनाए ।
भारतलाई सस्तैमा रोक्नका लागि अष्ट्रेलियाका लागि मिचेल स्टार्कले ३, जोश हजलउड र प्याट कमिन्सले २/२ विकेट लिए ।

प्रकाशित मिति: ३ मंसिर २०८०, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com