पोखरा । ‘अटेरी’ नामक अभियानबाट पोखरा महानगरको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका खडकराज पौडेलले चुनाव चिह्न ‘लौरो’ नै पाएका छन्। 

शनिबार बिहानमात्रै लौरो चुनाव चिन्ह पाएर प्रचारप्रसारमा लागेका उनको चुनाव चिन्ह निर्वाचन कार्यालयले फिर्ता लिएको थियो । र उनलाई अर्को चुनाव चिन्ह रोज्न भनेको थियो । 

त्यसपछि पौडेलसहित अटेरी अभियानका उम्मेदवारले निर्वाचन कार्यालयमा गएर आफूहरुले बिहान रोजेको चुनाव चिन्ह लौरो नै पाउनु पर्ने माग गर्दै प्रदर्शन गरेका थिए। 

मेयरका उम्मेदवार पौडेलले निर्वाचन कार्यालयले गल्ती गरेकाले आफूले अर्को चुनाव चिह्न नलिने अडान राखेका थिए । उनले अरु दलको दबावमा आफ्नो चुनाव चिह्न फेर्न लागेको आरोप पनि लगाएका थिए । त्यसपछि निर्वाचन कार्यालयले उनले पाएको लौरो चुनाव चिन्हलाई कायम राखेको हो। 

 

 

प्रकाशित मिति: १७ बैशाख २०७९, शनिबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2023 globalnagarik.com All rights reserved. | Website by Appharu.com