काठमाडौं । मंसिर ७ गते ‘जनविद्रोह’ तयारी गरेका व्यवसायी दुर्गा प्रसाईँले नेपाली जनता राजतन्त्र चाहन्छन् कि गणतन्त्र भन्नेबारे जनमतसंग्रह गर्न चुनौती दिएका छन्।

उनले अभियानको पूर्वसन्ध्यामा बुधबार पत्रकार सम्मेलन गर्दै मुख्य दलहरुलाई नेपाली जनता राजतन्त्र चाहन्छन् कि गणतन्त्र भन्नेबारे जनमतसंग्रह गर्न चेतावनी दिएका हुन्।

त्यस्तै, उनले मंगलबार राति जडिबुटीबाट महिलाहरु सुतिरहेको ठाउँबाट लखेटिएको घटनाको भिडियो हेर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकी पत्नी राधिका शाक्यसँग आग्रह पनि गरेका छन्।
उनले पत्रकार सम्मेलनका क्रममा भने- म राधिका शाक्य हजुरआमालाई महिलाहरुमाथि भएको अपमानको भिडियो हेर्न आग्रह गर्छु, उहाँलाई त्यो भिडियो कस्तो लाग्यो?’
मंगलबार राति जडिबुटीमा बास बसेका दुर्गा प्रसाईँका समर्थकहरुलाई युवा संघ भनिएका युवाहरुको समूहले जबर्जस्ती उठाएर लखेटेको घटना सामाजिक सञ्जालमा बुधबार बिहानदेखि भाइरल भइरहेको छ।

प्रकाशित मिति: ६ मंसिर २०८०, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com