काठमाडौँ । तिहार सकिएको एक साता बित्दा पनि नेपाली भान्सामा तिहारमा बनाइने सेलरोटी नसकिएपछि विहानको खाजाका रुपमा उपभोग हुने पाउरोटी, बिस्कुटजस्ता खाद्य सामग्रीहरुको माग घटेको पाइएको छ।

तिहारको केहि दिनसम्म पनि बाँकी रहेका सेलरोटी तताएर खाने पूरानो चलनका कारण बजारमा पाउरोटी, बिस्कुटजस्ता खाद्य सामाग्रीको माग घटेको हो ।

व्यवसायीका अनुसार हरेक बर्ष तिहार सकिएको केहि दिनसम्म बजारमा यस्तै प्रभाव पर्ने गरेको थियो । तिहार सकिएको केहि समयसम्म तिहारका बेला घरमा बनाइएको वा दिदीबहिनीहरुले भाईहरुलाई भाईमसलाको भागमा राखेर सेलरोटी, अनरशाजस्ता खाजा राखेर दिने हुनाले हरेक बर्ष नेपाली बजारमा केहि दिन पाउरोटी , बिस्कुटजस्ता चीजहरुको माग घट्ने गरेको छ ।

विशेषगरी विहानीको समयमा खाइने खाजाका लागि भन्दै बिक्री हुने बिस्कुट , पाउरोटी , बन , जस्ता चीजहरुको माग घटेको हो । तिहारका समयमा तिहारका लागि मात्र भन्दा पनि केहि समयसम्मका लागि भन्दै सेलरोटी बनाउने चलनका कारण पनि यस्तो अवस्था आउने गरेको व्यापारीहरुको भनाई छ ।

बासी नै भए पनि तताएर खाँदा मिठो र बजारमा पाइने बिस्कुटहरुको तुलनामा स्वस्थकर हुने हुँदा घरमै बनाएको सेलरोटीलाई विहानी खाजाका रुपमा उपभोग गर्नेहरु तिहारपछि बढ्ने गरेका छन्।

प्रकाशित मिति: ६ मंसिर २०८०, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com