काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द (विप्लव)ले प्रतिगमनको षड्यन्त्र भए अर्को जनयुद्ध हुने चेतावनी दिएका छन् ।
शुक्रबार रोल्पाको थवाङमा आयोजित १० औँ पार्टी पुनर्गठन दिवसको अवसरमा आयोजना गरिएको जनसभालाई सम्बोधन गर्दै महासचिव विप्लवले राजतन्त्रसहितका कतिपय षड्यन्त्रकारी शक्तिहरुले अनावश्यक चलखेल गरे अर्को जनयुद्ध लड्ने चेतावनी दिएका हुन ।
महासचिव विप्लवले चुनबाङ् बैठकको मर्म प्रचण्ड लगायतका नेताहरू नबुझेको समेत बताए । उनले भने, ‘चुनबाङ बैठकपछि काठमाडौँ उत्रेका हौँ । तर परिस्थिति उल्टो बन्यो । कतिपय नेताहरू धन कमाउने र सम्पत्ति जोड्ने होडमा लागे जनतालाई घात गरियो ।’
महासचिव विप्लवले कसैलाई मन्त्री र सांसद बनाउन मात्रै जनयुद्ध नलडेको उद्घोष गरे । उनले जनयुद्धमा सञ्चालन भएको जनवादी सत्ता काठमाडौँमा पनि स्थापित गर्ने उद्देश्यसहित अगाडि बढ्दा कतिपय नेताहरूको बदमासीले जनयुद्धको उपलब्धि गुमेको तर्क गरे ।
महासचिव विप्लवले मन्त्री र सांसद पदका लागि मात्रै पार्टी एकता नहुने समेत बताएका छन् ।
विप्लव
प्रकाशित मिति: ८ मंसिर २०८०, शुक्रबार
प्रतिक्रिया