काठमाडौँ । द्रुत बस सेवा आजदेखि पुनः सञ्चालनमा आउँदै छ। भक्तपुरको सूर्य विनायकदेखि काठमाडौँको रत्नपार्कसम्म द्रुत बसले सेवा दिने छ । निजी सवारी साधन नभएकालाई सार्वजनिक यातायातमा आकर्षित गर्नका लागि सुरु गरिएको सेवामा ३६ बसले यात्रु ओसार्ने छन् ।

यसका लागि सडक पुनः रङ रोगन गरिएको छ । ठाउँ ठाउँमा बोर्ड थपिएका छन् । ११ वटा बस थपेर सेवालाई थप प्रभावकारी बनाइएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बताए । दसैँ तिहारमा यात्रुको चाप कम हुने भएकाले एक महिना सेवा स्थगित गरिएको उनको भनाई छ।

मन्त्री ज्वालाका अनुसार बिहान र बेलुकाको पिक आवरमा हरेक तीन मिनेटमा बस छुट्ने छन् ।

प्रकाशित मिति: १० मंसिर २०८०, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com