काठमाडौँ । भारत र अस्ट्रेलियाबीचको दोस्रो टी-२० खेल आज हुँदैछ । यो खेल तिरुवनन्तपुरममा नेपाली समय अनुसार बेलुका सवा ७ बजे शुरु हुनेछ ।

भारतले बिहीबार भएको पहिलो खेलमा अस्ट्रेलियालाई २ विकेटले हराउँदै पाँच खेलको शृङ्खलामा १–० को अग्रता बनाएको छ ।

दुई देशबीचको तेस्रो खेल पर्सि मङ्गलवार, चौथो खेल शुक्रवार र पाँचौँ तथा अन्तिम खेल आइतबार हुनेछ । गएको आइतबार अस्ट्रेलियाले भारतलाई हराउँदै कीर्तिमानी छैटौँ पटक एक दिवसीय विश्व कप क्रिकेटको उपाधि जितेको थियो ।

प्रकाशित मिति: १० मंसिर २०८०, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com