सुर्खेत । सुर्खेतको बिरेन्द्रनगरमा पिकलबल एशोसियसन सुर्खेत जिल्ला समिति अर्जुन बि.सी को अध्यक्षतामा गठन भएको छ।
सुर्खेतको बिरेन्द्रनगरमा खेलप्रेमी र खेलाडीहरूकाे भेलाबाट पिकलबल एशोसिएसन सुर्खेत गठन भएको हो। जसको अध्यक्षमा अर्जुन बिसी चयन भएका हुन्।
यस्तै उपाध्यक्ष रवि योगि र प्रतीक शाही ठकुरी, सचिवमा चन्द्र सुबेदि र काेषाध्यक्ष संगीता कुमारी शाही चयन भएका छन्। सदस्यहरूमा जनक शिह, प्रेम बिसी ,करण बैगार , बिपिन रोकाय ,खडक शाही , दिपक शर्मा र कपेद्र बिसी चयन भएका छन्।
जिल्ला खेलकुद बिकास समिती सुर्खेतका सदस्य सचीव जगत प्याकुरेलको प्रमुख आतिथ्यमा र पिकलबल एशोसियसन नेपालका तर्फबाट प्रतिनिधि जनक शिंहको बिशेष आतिथ्यमा कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम को सहजीकरण प्रेम बिसीले गरेका थिए ।
प्रकाशित मिति: १० मंसिर २०८०, आइतबार
प्रतिक्रिया