काठमाडौं । नेपाली कम्पनी ‘टुवेल एट’ले गोर्खा भिपिएन (Gurkha VPN) लन्च गरेको छ। कम्पनीले यो भिपिएन निशुल्क उपलब्ध गराएको हो।

गोर्खा भिपिएन नेपाली र नेपाली कम्पनीले बनाएको हुँदा सुरक्षित रहेको कम्पनीले जनाएको छ। कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक प्रविन कोइरालाले ग्लोबल नागरिकसँगको कुराकानीमा भने, ‘यो भिपिएन सर्वाधिक सुरक्षित र फास्ट छ, यो नेपाली कम्पनीले ल्याएको भिपिएन भएका कारण सुरक्षा जोखिम पनि छैन ढुक्क भएर चलाउँदा हुन्छ ।’

हाल नेपालमा टिकटक बन्द भएपछि अत्यधिक नेपालीले जथाभावी भिपिएन डाउनलोड गरेर प्रयोग गर्ने गरेको हुँदा मोबाइलको डाटा चोरी हुने र फोन ह्याक हुने जोखिम रहन्छ। त्यसलाई मध्यनजर गर्दै नेपाली कम्पनी ‘टुवेल एट’ले सुरक्षीत र द्रुत सेवा दिने अभिप्रायले यो सेवा उपलब्ध गराएको जनाएको छ।

भिपिएन प्रयोग गरेर गैरकानुनी कार्य तथा वेबसाइट नखोल्न कम्पनीले सचेत समेत गराएको छ।

डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् । Gurkha VPN  

प्रकाशित मिति: १२ मंसिर २०८०, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com