काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले मिसन–८४ ले देश नबन्ने बताएका छन् ।  बुधवार राति सामाजिक सञ्जालमार्फत नेताहरूलाई सकाएर मात्र देश बन्ने भन्दै बालेनले आक्रोश पाखेका हुन् ।

राजनीतिक दलहरुले आगामी २०८४ सालमा हुन गइरहेको आमनिर्वाचनलाई लक्षित गर्दै ‘मिसन–८४’ अभियान चलाइरहेकाप्रति बालेनले व्यंग्य गरे ।

‘तिमीहरूको ८४ ले बन्दैन, तिमीहरूको ८४ सक्किएर बन्छ । तिमीहरूलाई सकाएर बन्छ,’  र्‍यापर​समेत रहेका उनले कवितात्मक शैलीमा फेसबूकमा लेखेका छन् ।

प्रकाशित मिति: १४ मंसिर २०८०, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com