काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बुद्ध जन्मस्थल लुम्बिनी प्रदेशबाट पार्टी बलियो बनाउने उद्घोष गरेका छन्।

नेपाली काँग्रेस लुम्बिनी प्रदेशको प्रथम सम्मेलनको उद्घाटन समारोहअघि नेताहरूले पार्टीभित्र गुटबन्दी अन्त्य गर्नुपर्ने, प्रदेशलाई अधिकार सम्पन्न बनाउनुपर्ने धारणा राखेको विषयमा इङ्गित गर्दै देउवाले आफू भाषण गर्न नजाने भन्दै काम गरेर देखाउने बताए।

‘कम बोल्ने काम बढी गर्नेछु, हरौँ के हुन्छ’, देउवाले भने। उनले गौतमबुद्ध जन्मेको भूमिबाट काँग्रेस बलियो बनाउने विश्वास लिएको बताउँदै आफू मिलेर काम गर्न तयार रहेको स्पष्ट पारे। कार्यक्रममै केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले टिकट वितरणमा गुटबन्दी भएको बताएकोमा कटाक्ष गर्दै देउवाले भाषणभन्दा काम गर्न आग्रह गरे।

महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, नेता शेखर कोइरालालाई समय नदिएर सभापति देउवाले कम्तीमा पनि आधा घण्टा बोल्ने अपेक्षासहित चाँडै समय दिए पनि उनले ५ मिनेटमै मन्तव्य सकाए। देउवाले एयरपोर्ट पुग्नुपर्ने भएको भन्दै प्रदेश सम्मेलनको सफलताको शुभकामना भनेर मन्तव्य छोट्याएका थिए।

प्रकाशित मिति: १६ मंसिर २०८०, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com