काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नरको सेवा सुविधा एक वर्षमा २४.१८ प्रतिशतले बढेको छ।

राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष (आव) मा गभर्नर महाप्रसाद अधिकारीले १६ लाख ३२ हजार तलब, ४ लाख १४ हजार बैठक भत्ता र अन्य सेवा सुविधा वापत ४० लाख ४५ हजार ३३५ रुपैयाँ सहित ६० लाख ९१ हजार ३३५ रुपैयाँ सेवा सुविधा लिएका छन् ।

आव २०७८/७९ मा गभर्नर अधिकारीले १४ लाख १८ हजार ४००, बैठक भत्ता ३ लाख ५ हजार र अन्य सेवा सुविधा ३१ लाख ८१ हजार ८५५ सहित कुल ४९ लाख ५ हजार २५५ रुपैयाँ सेवा सुविधा वापत लिएका थिए ।

यस्तै डेपुटी गभर्नर डा. निलम ढुंगाना तिम्सिनाको सेवा सुविधा एक वर्षमा ३३.८५ प्रतिशतले बढेको छ । आव २०७७/७८ मा १२ लाख ६९ हजार ६०० तबल, २ लाख ७३ हजार बैठक भत्ता र अन्य सुविधा २७ लाख १७ हजार ५१३ गरी कुल ४२ लाख ६० हजार ११३ रुपैयाँ सेवा सुविधा लिएकोमा गत आवमा बढेर ५७ लाख २ हजार ३६१ पुगेको छ । गत आवमा उनले तलब १४ लाख ६० हजार ४०० रुपैयाँ बैठक भत्ता ३ लाख ४२ हजार र अन्य सुविधा बापत ३८ लाख ९९ हजार ९६१ रुपैयाँ लिएकी छन् ।

अर्का डेपुटी गभर्नर बमबहादुर मिश्रले गत आवमा तलब १४ लाख ६० हजार ४००, बैठक भत्ता ३ लाख ७८ हजार र अन्य सुविधा ३४ लाख ६१ हजार ८२९ रुपैयाँ सहित ५३ लाख २२९ रुपैयाँ तलब तथा सुविधा लिएका छन् । अघिल्लो आर्थिक वर्षमा उनले तलब १२ लाख ६९ हजार ६००, बैठक भक्ता २ लाख ९६ हजार र अन्य सुविधा २६ लाख ३६ हजार ४१७ गरी ४२ लाख २ हजार १७ रुपैयाँ तलब तथा सेवासुविधा लिएका थिए । अघिल्लो आर्थिक वर्ष को तुलनमा गत आर्थिक वर्षमा डेपुटी गभर्नर मिश्रको तलब भत्ता तथा सेवासुविधा २६.१४ प्रतिशतले बढेको छ ।

हेर्नुहोस् तलबभत्ता सूचीः

प्रकाशित मिति: १९ मंसिर २०८०, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com