काठमाडौँ । बुद्ध एयरले नवविवाहित जोडीलाई टिकट उपहार दिने भएको छ । बुद्ध एयरले मंसिर तथा पुसको विवाहपञ्चमीभित्र नवविवाहित १० जोडीलाई टिकट उपहार दिने भएको हो । बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत सूचना सार्वजनिक गर्दै बुद्ध एयरले यस्तो जानकारी दिएको हो ।

बुद्ध एयरका अनुसार नवविवाहित १० जोडीले बुद्ध एयरका तर्फबाट काठमाडौँ – पोखराको दुईतर्फी हवाई टिकट उपहार पाउनेछन् । बुद्ध एयरको टिकट उपहार पाउनका लागि बुद्धको जहाजसँग बेहुला बेहुलीको तस्वीर बुद्ध एयरको सामाजिक सञ्जालमा ट्याग वा पोष्ट गर्नुपर्नेछ ।

यसरी पोष्ट भएका नवविवाहित १० जोडीलाई शुभकामनासहित पोखराको हवाई टिकट उपहार दिइने बुद्ध एयरले जनाएको छ ।

 

प्रकाशित मिति: २० मंसिर २०८०, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com