विराटनगर । विराटनगर-७ स्थित सातघुम्तीमा रहेको एक कवाडी गोदाममा आगलागी हुँदा २ जनाको मृत्यु भएको छ।

बुधबार दिउँसो भएको आगलागीमा परी एक जनाकाे उपचारका क्रममा र एककाे घटनास्थलमै मृत्यु भएको हाे।

आगलागीमा घाइते भएका स्थानीय ३० वर्षीय दिपक मण्डलको उपचारका क्रममा न्युरो अस्पतालमा मृत्यु भएको हो। अर्का एक जनाकाे शव नचिनिने अवस्थामा रहेकाेले पहिचान खुल्न नसकेको मोरङ प्रहरीले जनाएको छ।

आगलागीमा परेर अन्य तीन जना घाइते भएका छन्। उनीहरूकाे अवस्था गम्भीर रहेको प्रहरीले बताएकाे छ। प्रहरीका अनुसार तीन जनाको ८० प्रतिशतभन्दा धेरै जलन भएको छ।

आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाएकाे छ।

प्रकाशित मिति: २० मंसिर २०८०, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com