काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदीय समितिमा भर्चुअल सहभागिता जनाउन नपाएपछि सामाजिक सञ्जालमार्फत् आफ्नो कुरा राखेका छन्।

अहिले जारी राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भौतिक रूपमा उपस्थित हुन नपाएपछि भर्चुअल माध्यमबाट कुरा राख्न नपाएपछि सामाजिक सञ्जालमा आफ्नो कुरा राख्न बाध्य भएको बताएका छन्।

उनले फेसबुकमा लेखेका छन्, म अहिले कतारमा छु। नेपालमा भर्खरै राज्य व्यवस्था तथा सुशासन समितिको बैठक सुरु भएको छ। भौतिक रूपमा उपस्थिति जनाउन नसके पनि, मेरा केही प्रश्नहरू भिडियोमार्फत राख्न दिनु भनी अनुमति मागेँ। तर, नपाएपछि सो भिडियो सामाजिक सञ्जालमा पोष्ट गर्दै छु। आशा छ, सम्बन्धित निकायसम्म मेरा प्रश्न पुग्ने नै छन्।

उनले आफूहरूले पहिले देखिनै संसदको क्यालेन्डर बनाइनुपर्छ भनेर भन्दै आइरहे पनि नबनेको बताए। उनले एनसेलको कर छलीमा कारबाही गर्न सरकारले छानबिन समिति बनाएकोप्रति आपत्ति जनाए।

उनले भनेका छन्, हामीलाई किन छानबिन समितिको यतिधेरै मोह छ। छानबिन समितिको काम किन प्रभावकारी छ भनेर पनि छानबिन गर्नको लागि अर्को समिति बनाउलान् भन्ने दिन नआउला भन्न सकिँदैन। हरेक कुरामा किन चाहियो समिति ? कर छलि भएको कुरा गरेपछि प्रधानमन्त्रीले कर कार्यालयको सम्बन्धित निकायलाई बोलाउने हो कि सत्ता गठबन्धनको बैठक बोलाउने होरु छानबिन गर्न गठबन्धन दलहरू तयार रे सिस्टम भन्ने कुरा चराको नाम होरु भन्ने कुरा हामीले कहिले थाहा पाउने ?

यस्तै, उनले जाजरकोट भूकम्पका प्रभावितलाई चिसोबाट जोगाइ पुनर्स्थापना र पुनर्निर्माणमा सरकारले तय गरेको नीति र योजनाबारे जानकारी गराउने व्यवस्थाका लागि समितिका सभापतिको सभापतिको ध्यानाकर्षण समेत गराएका छन्।

प्रकाशित मिति: २२ मंसिर २०८०, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com