काठमाडौं । गणतन्त्रविरोधी अभियान चलाइरहेका व्यवसायी दुर्गा प्रसाईंको घाँटीमा समस्या देखिएको छ। देशव्यापी अभियानका क्रममा धेरै बोल्दा घाँटीमा समस्या देखिएकाले शल्यक्रिया गर्नुपरेको उनको सचिवालयले जनाएको छ।

झापास्थित प्रसाईंकै स्वामित्वको बीएन्डसी अस्पतालमा शल्यक्रिया हुन लागेको हो। अब उनी ९ दिनसम्म बोल्न नबोल्ने चिकित्सकहरूले बताएका छन्।

प्रसाईं नेतृत्वको नागरिक बचाउ अभियानका अध्यक्षमण्डलका सदस्य हरि कार्कीका अनुसार, प्रसाईंको घाँटीमा ग्रन्थीसम्बन्धी समस्या रहेको र यसअघि पनि शल्यक्रिया भएको थियो।

प्रकाशित मिति: २२ मंसिर २०८०, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com