काठमाडौँ । काठमाडौँसहित देशका विभिन्न स्थानमा १० जना मृत अवस्थामा फेला परेका छन् ।

  • काठमाडौँ महानगरपालिका-४ नक्सालस्थित भाटभटेनी अपार्टमेन्टको तेस्रो तलामा सोही महानगरपालिका-३ बासँबारी बस्ने ४९ वर्षीय सौनक विक्रम शाह शुक्रबार मृत अवस्थामा फेला परेका हुन् ।
  • महोत्तरी, भंगाहा नगरपालिका-५ सितापुरदेखि बटेश्वर जाने बाटोमा सोही ठाउँ बस्ने ४८ वर्षीय मोस्तकिन दफाली शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
  • काभ्रे, तेमाल गाउँपालिका-३ पचुवारघाटस्थित सुन कोशी नदीको किनारामा हाल नाम, थर, वतन नखुलेका करिब ३० वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
    कैलाली, जानकी गाउँपालिका-८ पहाडीपुरस्थित कुलरिया सिँचाइको कुलोमा हाल नाम, थर, वतन नखुलेका करिब २५ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
    कास्की, पोखरा महानगरपालिका-१६ दिपस्थित नहरको पानीमा सोही महानगरपालिका-१६ बाटुलेचौर बस्ने ६३  वर्षीय केशव बहादुर थापा शनिबार मृत अवस्थामा फेला परेका छन् ।  गत असोज १५ गतेदेखि हराएको भन्ने बुझिएको छ ।
  • कपिलवस्तु, शिवराज नगरपालिका-७ स्थित सडकमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् ।
    डोल्पा, जगदुल्ला गाउँपालिका-६ स्थित छेपारे खोलामा सोही ठाउँ बस्ने ३७ वर्षीय गोर कामी शनिबार मृत अवस्थामा फेला परेका छन् ।
  • रामेछाप, गोकुलगंगा गाउँपालिका-३ छहरे दोवानस्थित खिम्ती खोलामा सोही गाउँपालिका-३ कुँडार बस्ने ७५ वर्षीय   खड्ग बहादुर सुनुवार शनिबार मृत अवस्थामा फेला परेका छन् ।
  • मोरङ, विराटनगर महानगरपालिका-१२ पञ्चालीस्थित खाली जग्गामा विराटनगर महानगरपालिका-१४ बस्ने ३३ वर्षीया बन्धना मगर शनिबार मृत अवस्थामा फेला परेकी छन् ।
    सल्यान, त्रिबेणी गाउँपालिका-१ स्याँल बस्ने ७० वर्षीय तिनलाल बिक आफ्नै घरदेखि करिब १ सय मिटर टाढा कुलोमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: २३ मंसिर २०८०, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com