ललितपुर । ललितपुरको झम्सिखेलमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ।

ललितपुर महानगरपालिका वडा नम्बर ३ ठाडो भर्‍याङनजिकै एक रेष्टुरेन्टमा लागुऔषध कारोबारी बसेको सूचनाका आधारमा सुरूमा सादा पोसाकका प्रहरी त्यहाँ पुगेका थिए।

सादा पोसाकका प्रहरीसँग लागुऔषध कारोबारी उदयपुर घर भएका अविनाश राईले ५५ लाख रुपैयाँमा एम्फेटामाइन आइस नामको लागुऔषध बिक्री गर्ने ‘डिल’ गरेका थिए। उनीसँग चार सय ९० ग्राम लागुऔषध थियो।

उनले भारतबाट उक्त लागुऔषध ल्याएको प्रहरीको अनुमान छ। राईले प्रति ग्राम ९ हजारमा ल्याएको प्रहरीसँग बताएका थिए।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीका अनुसार लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन गोली चलाइएको हो। उनको दाहिने खुट्टामा गोली लागेको छ भने राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

लागुऔषध कारोबारी राईले आफूसँग डिल गर्ने व्यक्तिहरू प्रहरी भन्ने थाहा पाएपछि कटुवा पेस्तोल ताकेका थिए। त्यसपछि केहीबेर घम्साघम्सी भएपछि प्रहरीले गोली चलाएको थियो।

 

प्रकाशित मिति: २६ मंसिर २०८०, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com