भक्तपुर । टिपरको ठक्करबाट मध्यपुर थिमि नगरपालिका-२ सानोथिमिस्थित जनक शिक्षा सामग्री केन्द्र अगाडि स्कुटर चालकको मृत्यु भएको छ।

टिपरले ठक्कर दिँदा स्कुटर चालक काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-१० घर भई हाल मध्यपुरथिमि-३ गठ्ठाघर बस्ने २३ वर्षीय विशाल मैनालीको मृत्यु भएको प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी वसन्त पाठकले जानकारी दिए।

बहाखा बजारबाट सानोथिमितर्फ जाँदै गरेको बा ९२ प ५५३१ नम्बरको स्कुटरलाई आज विपरीत दिशाबाट आउँदै गरेको बा ४ ख २३४७ नम्बरको टिपरले ठक्कर दिँदा सो दुर्घटना भएको थियो।

प्रहरीले टिपर चालक धादिङ थाक्रे गाउँपालिका-७ घर भई हाल भक्तपुर सूर्य विनायक नगरपालिका-८ सिपाडोल बस्ने ४२ वर्षीय सुरेश तामाङलाई नियन्त्रणमा लिई आवश्यक कारबाही अगाडि बढाएको उनले बताए।

प्रकाशित मिति: ३० मंसिर २०८०, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com