काठमाडौँ । घरको छतबाट खसेर गम्भीर घाइते भएका प्रहरी कर्मचारीको निधन भएको छ।

धनगढी उपमहानगरपालिका-२ सन्तोशी टोल बस्ने रबिन्द्र (रमेश) भट्टको धनगढीस्थित निसर्ग हस्पिटलमा उपचारका क्रममा निधन भएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता कुलदिप चन्दले भट्टको निधन भएको पुष्टि गरे।

उनी मङ्गलवार बिहान आफ्नै घरको छतबाट खसेर घाइते भएका थिए। बेहोस अवस्थामा उद्धार गरिएका भट्टको घाँटीको पछाडिको हड्डी भाँचिएको थियो।

प्रकाशित मिति: १ पुस २०८०, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com