काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीका केन्द्रदेखि वडा तहका कार्यक्रमहरूमा अबदेखि शाकाहारी खाना मात्रै खुवाउने भएको छ।

अध्यक्ष राजेन्द्र लिङ्देनले जारी केन्द्रीय कार्यसमिति बैठकमा पार्टीका ब्यानरमा हुने कार्यक्रममा शाकाहारी खाना मात्र खुवाउन निर्देशन दिएका हुन्।

गत आइतबारदेखि राप्रपाको केन्द्रीय कार्यसमिति बैठक जारी छ।
राप्रपाले पार्टीका कार्यक्रममा नेता तथा कार्यकर्तालाई खानासँगै सागपात, दुधदही र फलफूललगायत सात्त्विक भोजन मात्रै खुवाउने भएको हो।

पार्टीका कार्यक्रममा अबदेखि माछा-मासु खुवाउन नपाइने भनेर अध्यक्षले निर्देशन दिइसकेको प्रवक्ता मोहन श्रेष्ठले बताए।

किन यस्तो निर्देशन दिइएको हो भन्ने प्रश्नमा प्रवक्ता श्रेष्ठले ग्लोबल नागरिकसँग भने, ‘पार्टीको ब्यानरमा हुने केन्द्रदेखि वडा तहसम्मका कार्यक्रममा अबदेखि भेज (शाकाहारी) खाना खुवाउने निर्देशन दिइएको छ। हामीले जारी केन्द्रीय समितिमा पनि शाकाहारी खाना खायौं। पार्टीभित्र आर्थिक हिसाबले मितव्ययी हुन पनि यस्तो निर्देशन दिइएको हो।’

उनले हिन्दुराष्ट्र पुनर्स्थापना लगायत पार्टीले लिएका एजेन्डामा पनि यस्ता निर्देशनले बल पुग्ने तर्क गरेका छन्। ‘राप्रपा नेता, कार्यकर्ताले घरमा त खान मन लागे ननभेज खान पाइहाल्छन्, पार्टीका कार्यक्रममा मात्रै शाकाहारी भोजन गराउन लागिएको हो,’ प्रवक्ता श्रेष्ठले भने।

प्रकाशित मिति: ३ पुस २०८०, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com