काठमाडौं । यूएईबाट काठमाडौं आएको विमानको शौचालयमा नवजात शिशु मृत भेटिएको छ । आज बिहान ९ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेको एयर अरेबियाको शौचालयमा शिशु मृत फेला मृत भेटिएको हो ।

त्रिभुवन विमानस्थलका प्रवक्ता सुवास झाले नवजात शिशु मृत फेला परेको बताए ।

उनले भने, ‘बिहान ९ बजे त्रिभुवन विमानस्थलमा एयर अरेबियाको जहाजको शौचालयमा शिशु मृत फेला परेको हो । शिशु हेर्दा समय नपुगी जन्मेको जस्तो देखिन्छ । यसको अनुसन्धान हुँदैछ ।’

विमानस्थल सुरक्षा स्रोतकाअनुसार आमाको उपचार काठमाडौं मेडिकल कलेज सिनामंगलमा भइरहेको छ । ती महिला करिब १५ मिनेट विमानको शौचालयमा थिइन् । नवजात शिशु फेला परेपछि सोधखोज गर्ने क्रममा आमा अस्पतालमा रहेको जानकारी आएको हो । थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति: ४ पुस २०८०, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com