काठमाडौं । नेकपा माओवादी केन्द्रका नेताहरु वर्षमान पुन र जनार्दन शर्माबीच आइतबार भेटघाट भएको छ ।

सिंहदरबार नजिकै रहेको बसेरा होटेलमा पुन र शर्मा एउटै टेबलमा खाजा खाँदै कुरकानी गरेका हुन् ।

बजेट निर्माणबारे पूर्व अर्थमन्त्रीहरुसँग छलफलका क्रममा नेता पुन र शर्माबीच कुराकानी भएको हो । आइतबार साँझ उनीहरुबीच छलफल भएको पुनका स्वकीय सचिव सन्तोष पुनले पुष्टि गरे ।

लामो समयसम्म चीनमा स्वास्थ्य उपचार गराएर फर्केपछि गत १२ माघमा पुनलाई भेट्न शर्माले उनको निवासमै पुगेका थिए । त्यसपछि भने उनीहरुबीच भेटवार्ता भएको थिएन ।

प्रकाशित मिति: १८ बैशाख २०७९, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com