काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पुराना दलका नेताहरूको कारण युवाहरू विदेशिन बाध्य भएको आरोप लगाएका छन् ।

स्याङ्जामा आयोजित पार्टीको सभालाई सम्बोधन गर्दै उनले भने, ‘हामी मिसन ०८४ मा छौँ । हामीले व्यक्तिगत लाभको लागि नेता छान्ने होइन । तपाईँहरूले नै योग्य मान्छेलाई छानेर पढाउने हो । टोलटोलमा पैसाको बिटो बोकेर हिँड्ने, विदेशमा भएकाहरूको भोट पनि आफैँ हाल्न लगाउनेलाई रास्वपाले टिकट दिँदैन । यहाँबाट चुनाव जितेका नेताहरूको सात पुस्ताले जिते तपाईँहरूको साता पुस्ताले हार्नुभयो । हामी निरन्तर हार्‍यौँ । त्यसको नतिजा विमानस्थलबाट दिनदिनै बाहिरिनेहरूको तातीले बतायो । त्यो जनताले हारेको संकेत हो ।

उनले अर्थतन्त्र र रोजगारीमा देखेको विकृत्तिले नै अहिलेको सङ्कट आएको बताए । उनले भने, हरेक ठेक्कामा आफन्तवाद, नातावाद र कृपावाद नेताका छोरा छोरी नातानातिना जो चप्पल पड्काएर आएका थिए तिनीहरूको पाँच तारे होटेलमा ठुला व्यापारीले झैँ विवाह, व्रतबन्ध भोज भतेर गर्न सक्ने भए जनता आफ्नो उपचार गर्नको लागि घरबार बेचेर छोराछोरी विदेश पठाउने भए यही हो जनता हारेको चुनावको परिणाम। यस्तो हुँदा पनि हाम्रो चेत खुलेको छैन।

उनले आफ्नो पार्टीमा राम्रो टिम भएकाले काम गर्न सक्ने विश्वास गरे । उनले भने, ‘तीनको वषौँदेखि कति तलब थाप्छन् मैले अहिले ८/९ महिनामा थाप्दा थाहा पाइसकेको छु । त्यति तलबले त केही हुँदैन तीनको महल कसरी ठडियो म आश्चर्यचकित परेको छु । मैले तिनीहरूको हिसाब किताब निकाल्ने अठोट गरेर आएको छु ।’

आफ्नो छोराछोरी, नातानातिनी विदेशिन पर्दा समेत त्यही पुराना दलका नेताहरूलाई नै जनताले किन भोट किन हालिरहेका छन् बुझ्न नसकेको उनको भनाइ थियो ।

प्रकाशित मिति: ६ पुस २०८०, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com