काठमाडौँ । नेपाल आयल निगम लिमिटेडले कार्यकारी निर्देशक पदका लागि विज्ञापन खुलाएको छ ।

नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा लिमिटेडको कार्यकारी निर्देशक नियुक्तिका लागि गठित सिफारिस समितिले आज एक सूचना जारी गर्दै दरखास्त आह्वान गरेको हो ।

 

लिमिटेडको रिक्त कार्यकारी निर्देशक पदमा खुल्ला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा नियुक्ति गर्नुपर्ने भएकोले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी नियुक्ति तथा मनोनयन सम्बन्धी निर्देशिका, २०७८ बमोजिमको योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूका लागि सूचना प्रकाशित गरिएको उल्लेख छ । यो सूचना प्रकाशन भएको मितिले २१ दिनभित्र कार्यालय समयमा मन्त्रालयको सरकारी उद्योग तथा संस्थान शाखा, सिंहदरवार, काठमाडौँमा दरखास्त दिन भनिएको छ।

आवश्यक योग्यता, अनुभव, पेस गर्नु पर्ने कागजातलगायत विस्तृत विवरण मन्त्रालयको वेबसाइट www.moics.gov.np मा प्रकाशन गरिएको छ ।

प्रकाशित मिति: ७ पुस २०८०, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com