काठमाडौं । मकवानपुरको राक्सिराङ गाउँपालिकाले इसाई धर्मावलम्बीहरूको महान् पर्व क्रिसमस मनाउन तीन दिन सार्वजनिक बिदा दिएको छ।

गाउँपालिकाले क्रिसमस मनाउन आइतबारदेखि मंगलबारसम्म (तीन दिन) सार्वजनिक बिदा दिएको हो।

गाउँपालिकाले विज्ञप्ति नै जारी गरेर सो अवधिभर गाउँपालिकाभित्रका सम्पूर्ण सार्वजनिक कार्यालय, सरकारी कार्यालय, शिक्षण संस्था एवम् बैंक तथा वित्तीय संस्थाहरू बन्द रहने जानकारी गराएको छ।

गाउँपालिकाका प्रवक्तासमेत रहेका वडा-५ का अध्यक्ष हरिबहादुर प्रजाले कार्यपालिकाको बैठकबाटै तीन दिन बिदा दिने निर्णय भएको जानकारी दिए।

सोमबार क्रिसमस र मंगलबार उधौली पर्वको सार्वजनिक बिदा पर्ने हुँदा कार्यपालिका बैठकबाट आइतबार पनि सार्वजनिक बिदा दिने निर्णय भएको उनले बताए।

उनका अनुसार गाउँपालिकाभित्र ४६ प्रतिशतभन्दा बढी मानिसहरूले इसाई धर्म मान्छन्। क्रिसमस मनाउन ६ गतेदेखि नै सुरू हुन्छ।

गाउँपालिकाभित्र विशेष महत्त्वका साथ मनाइने भएकाले त्यस दिन सार्वजनिक बिदा दिइएको प्रवक्ता प्रजाले जानकारी दिए।

प्रकाशित मिति: ७ पुस २०८०, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com