काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल’प्रचण्ड’ले सरकारले अबको वर्षमा सेवा, विकास र सुशासनको क्षेत्रमा नयाँ रेकर्डहरू बनाउने घोषणा गरेका छन् ।

मंगलबार बिहान १३१ औँ माओ दिवसलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सरकारले यही वर्ष पनि केही रेकर्डहरू कायम गरेको र त्यसबारे आफूले साँझ गर्ने सम्बोधनमा जानकारी गराउने बताए । दाहाल प्रधानमन्त्री बनेको मंगलबार एक वर्ष पूरा भएको छ । सो अवसरमा प्रधानमन्त्री दाहालले बेलुका ५ बजे देशबासीका नाममा सम्बोधन गर्दैछन् ।

‘सरकारले एक वर्ष पूरा गरेको छ । योबीचमा केही न केही रेकर्डहरू त बनेकै छन् । त्यसलाई नजिकबाट नियाल्ने मानिसहरूले देख्नुभएकै छ,’ उनले भने, ‘अब नयाँ वर्षमा नयाँ ढंगले काम गर्ने प्रण गरेको छु । म आफैँले नयाँ ढंगले काम थालिसकेको छु । अबको वर्ष सरकारले प्रदान गर्ने सेवाको क्षेत्रमा, विकासको क्षेत्रमा र सुशासनको क्षेत्रमा केही न केही रेकर्डहरू बनाउँछ, बनाउनैपर्नेछ ।’

उनले मंगलबार साँझ गर्ने सम्बोधनमा आफूले सरकारको एक वर्षको समीक्षा गर्ने र अर्को वर्षको कार्य प्राथमिकताका विषयमा प्रष्ट पार्ने बताए ।

माओप्रति सम्मान र श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्री दाहालले दश वर्षे जनयुद्ध र शान्तिकालमा पार्टीमा योगदान पुर्‍याएका नेता कार्यकर्ताहरूको योगदानलाई समेत स्मरण गरे ।

प्रकाशित मिति: १० पुस २०८०, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com