काठमाण्डाै – गृह सचिव टेकनारायण पाण्डेले परिपक्वता, कार्यकौशलता र कार्यक्षमताको आधारमा नै  धिरजप्रताप सिंहलाई नेपाल प्रहरी महानिरीक्षकमा नियुक्त गरिएको बताएका छन् ।नवनियुक्त महानिरीक्षक सिंह र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई दर्ज्यानी चिह्न प्रदान गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने -‘प्रहरी महानिरीक्षक बढुवाको सन्दर्भमा विभिन्न मिडियाबाजी भइरहेको छ तर सत्य त यही हो कि सरकारले प्रचलित कानुन र प्रहरी नियमावलीमा भएको व्यवस्थाअनुरुप नै सिंहलाई महानिरीक्षकमा बढुवा गरिएको हो ।’
‘ एआईजीहरुमा सिंहमा सबै कार्यकौशलताको आधारमा नै निर्णय भएको हो। सबै एआईजीहरु २०४९ साल चैत्र १२ गतेको नियुक्ति भएकोले उनीहरुबाट नै कार्यकौशलता र नेतृत्व प्रदान गर्न सक्ने क्षमताका आधारमा सरकारले सिंहलाई महानिरीक्षक बनाएको हो ।’

नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको अहिलेको जनशक्तिले आवश्यकतालाई धान्न नसक्ने भन्दै उनले अहिलेको आवश्यकता धान्न १ लाख नेपाल प्रहरी र न्यूनतम ५० हजार सशस्त्र प्रहरीको आवश्यकता रहेको पनि बताए ।
उनले भने- ‘आन्तरिक रुपमा रहेका विकृति र विसङ्गतिलाई हटाउनु दुवै प्रहरी बलका लागि चुनौती रहेको छ । विगतमा भोगेका भन्दा नविन ढाँचाका अपराधका प्रकृतिहरु विकास भइरहेकोले नियन्त्रण र त्यस्ता चुनौतीहरुको सामना गर्न सक्षम प्रहरी सङ्गठनको निर्माण गर्नुपर्ने हुन्छ ।’

प्रकाशित मिति: १९ बैशाख २०७९, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com