काठमाडौं । समाजसेवी इशा गुरुङको एक गल्तीका कारण पोखरामा यति एयरलाइन्स दुर्घटनाको हल्ला फैलिएको छ।

छानवीन समितीले गत वर्ष पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटना मानवीय त्रुटिका कारण भएको निष्कर्षको प्रतिवेदन आज सार्वजनिक गरेको थियो। सोही कुरा संचारमाध्यममा आउँदा समाजसेवी इशा गुरुङको गलत बुझाइका कारण सामाजिक संजालमा ‘पोखरामा यति यएरलाइन्स दुर्घटना भएको छ, दु:खद खबर’ भनेर लेखेपछी सयौंले मिनेटभरमा उक्त पोस्ट कपि गरेर सामाजिक संजाल पोस्ट गरेका छन्।

यसरी समाजसेवी गुरुङको सामान्य त्रुटीका कारण गलत हल्ला फैलिन पुगेको हो। अत: उक्त पोस्ट गुरुङले केहि मिनेटपछि हटाएकी छिन्।

 

प्रकाशित मिति: १२ पुस २०८०, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com