काठमाडौं । दक्षिण कोरियामा रोजगारीका लागि जान लिइने परीक्षा  रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षाको विषयलाई लिएर प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमाथि आगजनीसमेत गरेका छन्।

बा२झ ५८६१ नम्बरको सरकारी गाडीमा  जढेर पार्टीको बैठकमा सहभागी हुन जाँदै गरेका मन्त्री ज्वालालाई निकालेर प्रदर्शनकारीहरूले गाडीमा आगजनी गरेका हुन्। आगजनीबाट गाडी पूर्णरूपमा ध्वस्त भएको बताइएको छ।

इपिएस कार्यालय ग्वार्कोमा प्रदर्शन गर्न पुगेको युवाहरूको समूहले प्रदर्शन गर्दा बालकुमारी क्षेत्रको सडक अवरुद्ध भएको छ।

कोरिया भाषा परीक्षाका लागि सिप बिल्डिङमा अनुत्तीर्ण भएका १८ जना आवेदकहरूले मात्रै आवेदन दिन पाउने बताइएको थियो। उच्च अदालत पाटनको अन्तरिम आदेशपछि इपिएस कोरिया शाखा कार्यालय ग्वार्कोले सुरज पाठकसहित १८ जनालाई मात्रै आवेदन फाराम भर्नका लागि बोलाएको थियो।​​

सिप बिल्डिङमा करिब ३० हजारको हाराहारीमा युवाहरूले परीक्षा दिएका थिए। त्यसमा करिब ३९ सयको हाराहारीमा मात्र उत्तीर्ण भएका र बाँकी अरू सबैले आवेदन दिन पाउनुपर्ने माग गर्दै आएका थिए।

अन्यको हकमा भने इपिएस शाखाले पुस ६ मा  खुलाएको आवेदनमा करिब एक लाख ४३ हजार युवाले दरखास्त दिइसकेका छन्। उनीहरूको परीक्षाको मिति भने तोकिन बाँकी छ।

प्रकाशित मिति: १३ पुस २०८०, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com