काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई जिल्ला अदालत काठमाडौँले बलात्कार आरोपमा दोषी ठहरिएसँगै उनी जेल जाने भएका छन् । तर, उनले जेलबाहिरै रहेर पुनरावेदन गर्न सक्नेछन् ।

कानून अनुसार १० वर्षभन्दा कम जेल सजाय भएको अवस्थामा जेलबाहिरै रहेर पुनरावेदन गर्न सकिन्छ । सन्दीपलाई मुलुकी फौजदारी अपराध संहिता २०७४ को २१९ को १, २ र ३ (ङ) अनुसार सजाय गर्ने फैसला न्यायाधीशले गरेका छन् । ३ (ङ) को व्यवस्था १८ वर्षभन्दा माथिको युवतीलाई जबरजस्ती करणी गर्दा आकर्षित हुन्छ । यसमा ७ देखि १० वर्षसम्म जेल सजाय हुन सक्ने कानूनी व्यवस्था छ ।

सजाय निर्धारणका लागि २५ गते अर्को पेशी तोकिएको छ । उक्त पेशीमा सन्दीपले न्यूनतम ७ वर्ष र अधिकतम १० वर्ष सजाय पाउनेछन् ।

 

 

प्रकाशित मिति: १३ पुस २०८०, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com